logo-img

मनिताले एसियन जुडोमा खेल्ने

नेपालकी मनिता श्रेष्ठले हङकङमा आयोजना हुने एसियन जुडो च्याम्पिनयसीपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे ।
 
त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रसिद्ध ताम्राकार छन् । 

मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी हुन् ।
 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १२:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया