logo-img

इलामबाट सुहाङलाई जिताउनुस्, विकासको जिम्मा म लिन्छु : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङलाई विजयी गराए त्यस क्षेत्रको विकासको जिम्मा आफूले लिने वाचा गरेका छन् । उनले सुहाङ हारे इलामलाई घाटा हुने दाबी गरे। 

वैशाख १५ गते हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिस्पर्धी दलहरूलाई चुनावी अभियानमा खर्च गरेर बालुवामा पानी नहाल्न आग्रहसमेत गरे। सुहाङ कमाउनका लागि चुनावी मैदानमा नआएको प्रष्ट्याउँदै उनले सुहाङले बहस गरेरै कमाउने बताए। 

अध्यक्ष ओलीले फाल्गुनन्दलाई राष्ट्रिय विभूति एमालेले बनाए पनि अहिले एमाले फाल्गुनन्दविरोधी भनेर भ्रम फैलाएको आरोप लगाए। उनले एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको दाबी गर्दै भाषा, संस्कृति र पहिचानको कुरा रखाेकाे दाबी पनि गरे । 

पहिचानवादीहरूप्रति टिप्पणी गर्दै ओलीले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताए। 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया