बालकुमारी–ग्वार्को सडक ६ रात पूर्ण रूपमा बन्द हुने

ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्ण रूपमा बन्द हुने भएको छ । 

जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । 

फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ । ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २१:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया