संसदको वेबसाइटमा ह्याकरको पहुँच, लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’
फाइल तस्बिर

संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै समाधान हुन सकेको छैन । संसदको वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्‍याइरहेका छन् ।

बिहीबार पनि संघीय संसद्को वेवसाइट ह्याक भएको छ । वेवसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामग्री राखेका छन् । तस्बिरमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना ।’ 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामग्री राखिएको रहेछ । केही समयअघि मात्रै हामीले थाहा पायौं । योबारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइटमा पछिल्लो समय निरन्तरजसो डाउन र ह्याक हुने समस्या बढिरहेको छ, जसले गर्दा संसदीय सूचनाको संरक्षणमा असर परेको छ । 
 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार ८:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया