अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को सिफारिसमा परेकी अञ्जान शाक्यलाई राष्ट्रियसभाको रिक्त एक सदस्यमा मनोनीत गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा शाक्यलाई सिफारिस गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूतसमेत थिइन् ।





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १२:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया