स्वर्णिम वाग्लेको दाबी- एक थोपा रगत नबगाई प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित इलाम संवाद कार्यक्रममा उनले प्रादेशिक ढाँचा बोझिलो र खर्चिलो भएकाले शान्तिपूर्ण विद्रोहबाट नै परिवर्तन गर्ने बताए । 

उनले भने, ‘हामी संघीयताविरोधी होइनौं । अहिलेको प्रादेशिक ढाँचा अलि बोझिलो भयो, खर्चिलो भयो । यो चाहिँ हामी सुधार गर्छौँ गर्छौ । यो सबै भत्काउन आएका हैनौँ । वर्तमान व्यवस्थालाई नै सुधार संविधानमा लेखिएको धाराहरूमा टेकेर हामीले प्रादेशिक संरचना झ्यालैपिच्छे मन्त्रालय छ, ८ सय ८४ जना सांसद पालिरहेका छौँ । ५ सय ८५ सांसद त प्रदेशमा नै छन् । उनीहरूको काम देखिएको छैन । उथलपुथल नगरी यही सिस्टममा टेकेर एक थोपा रगत नबगाई कन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो सङ्ख्या र सामर्थ्य पुगेको दिन अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्छौँ । ’

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रूपमा मात्रै हेर्न नहुने धारणा उनले राखे । युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनले बताए । 

उनले भने,‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न । यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न । यसलाई देश सेवाको रूपमा काम गर्न चाहन्छु भन्नेहरूलाई स्थान दिने गरी रास्वपा उपलब्ध भएको छ । हाम्रो विविधतापूर्ण समाज छ । जनजाति साथीहरू पनि अँटाउनु पर्छ, महिला आदि हुनुपर्छ । इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हाम्रो स्थान दिन चाहन्छौँ भनेरै उम्मेदवारी दिएका छौँ । एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौँ ।’  





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १७:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया