मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथोपटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुंगेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरेकी छिन् । 
    
साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुन् भने लुंगेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का प्रदेशसभा सदस्य हुन् । 

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट शपथ लिएका छन् । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १९:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया