logo-img

आगो निभाउनेक्रममा जलेर महिलाको मृत्यु
फाइल तस्बिर

स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउनेक्रममा आज जलेर मृत्यु भएको छ । 

बारीमा कोदोको बिउ राख्नलाई पात पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।  

गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २०:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया