logo-img

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस) ले बिहीबार मरुभूमिक्षेत्रमा दुईपटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भनेको छ, ‘मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो ।’   

पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आइएस) लडाकू समूहले गरेको अर्को आक्रमणमा परी छ सिरियाली सैनिकको मृत्यु भएको छ ।   

सिरियाको मरुभूमिमा यस वर्षको सुरुदेखि अहिलेसम्म ३ सय २९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।   





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २०:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया