logo-img

डब्लुएचओले भन्यो- जनावरको कच्चा दूधमा बर्ड फ्लुको सङ्क्रमण भेटियो
फाइल तस्बिर

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।​ एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।  

वर्ड फ्लुको यो प्रजातिका कारण दशौं लाख कुखुरा जङ्गली चराको मृत्यु भएको छ भने जमिन र समुद्री स्तनधारी पनि सङ्क्रमित भएका छन् । गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको विषय बनेको छ । 

अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भने, ‘टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो । चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा सङ्क्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।’ 

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराको सम्पर्कमा आएका झुण्डलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो ।  

टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दूध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २३:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया