logo-img

पाकिस्तानमा सुन र तामा खानी, साउदीको करोडौं लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको हो । 

साउदीका विदेशमन्त्री फैसल बिन फरहानको २ दिने पाकिस्तान भ्रमणका क्रममा लगानी सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले साउदीका सहायक रक्षामन्त्री मेजर जनरल अब्दुल्लाह अल–ओतैबीसँग पनि भेट गरेका थिए । यस क्रममा दुई देशबीच रक्षा उत्पादन र सैन्य तालिमका विषयमा पनि छलफल भएको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ इद उल फित्रको अवसरमा साउदी अरब गएका थिए । उनलाई युवराज मोहम्मद बिन सलमानले इफ्तार पार्टीमा निम्तो दिएका थिए । आर्थिक संकट र राजनीतिक उथलपुथलमा साउदी सधैँ पाकिस्तानको साथमा रहेको छ । गत वर्ष जुलाईमा साउदीले पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो । सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो ।

बिबिसीका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो कार्यकालमा ३२ वटा विदेश भ्रमण गरेका थिए । जसमध्ये ८ विदेश भ्रमण साउदी अरेबियाको थियो । सन् २०२१ मा इमरान सरकारको पतनपछि प्रधानमन्त्री बनेका शाहबाज सरिफ पनि आफ्नो पहिलो विदेश भ्रमणमा साउदी नै पुगेका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीहरूले आफ्नो पहिलो विदेश भ्रमणमा साउदी अरब जाने कुरा सामान्य हो । यसको मुख्य कारण पाकिस्तानले साउदीबाट पाउने सहयोग नै हो । साउदी अरब तेलमा आफ्नो अर्थव्यवस्थाको निर्भरता घटाउन चाहन्छ । यस्तो अवस्थामा साउदीले व्यापारका लागि नयाँ साझेदार खोजिरहेको छ । त्यसमध्ये भारत पनि एक हो । तर, उसले पाकिस्तानको पनि चित्त दुखाउन सक्दैनन् ।



यसको प्रमुख कारण इरान हो । १९७९ मा इस्लामिक क्रान्ति पछि, शिया धार्मिक नेताहरू इरानमा सत्तामा आए । इरान शिया बाहुल्य देश भएकाले साउदी अरेबिया यस क्रान्तिबाट निकै डराएको थियो । यसको प्रतिकार गर्न साउदी अरेबियाले पाकिस्तान र भारतलगायत सुन्नी मुस्लिम देशहरूलाई पैसा पठाउन थाल्यो । यसले विश्वभरका देशहरूमा वहाबी इस्लामलाई बलियो बनायो र सम्पूर्ण क्षेत्रमा सुफी इस्लामको उपस्थितिलाई कम गर्न सफल भयो ।

वर्षौंदेखि इरान र साउदीबीच मध्यपूर्वमा प्रभुत्वको लागि लडाइँ भइरहेको छ । यसका लागि साउदी पाकिस्तानलाई आफ्नो क्याम्पमा राख्न चाहन्छ । साउदी अरबले सधैँ पाकिस्तानलाई आर्थिक रूपमा धेरै सहयोग गर्दै आएको छ । गत वर्ष जुलाईमा साउदीले आर्थिक संकटका बीच पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो । सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो।



साउदीले पाकिस्तानलाई आर्थिक सहयोग गरेर रणनीतिक रूपमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ । वास्तवमा पाकिस्तानसँग इरानको सीमा ९०९ किलोमिटर छ । पाकिस्तानबाट निष्कासन गरिएका पत्रकार तहा सिद्दिकीका अनुसार साउदीले आर्थिक प्याकेज र लगानीमार्फत पाकिस्तानी सरकारको वफादारी किनिरहेको छ । पाकिस्तानको सीमामा साउदीले आफ्नै नीति बनाएको छ ।

साउदी अरबमा मक्का र मदिनाको उपस्थितिको कारण, यो इस्लामिक संसारको लागि धेरै महत्त्वपूर्ण छ । त्यसैले साउदी अरेबियाले प्यालेस्टाइनलाई इजरायलको हिस्साको रूपमा स्वीकार गरेको छैन ।

साउदी अरबका लागि सरकारभन्दा पाकिस्तानको सेना महत्त्वपूर्ण छ । यसको कारण पाकिस्तानी सेना विश्वको २० औँ शक्तिशाली सेना हो । हाल साउदीमा करिब ७० हजार पाकिस्तानी सैनिक छन् । २०१८  मा प्रधानमन्त्री हुँदा, इमरान खानले ‘साउदी अरबमा मक्का र मदिना छ । यस्तो अवस्थामा त्यहाँ कुनै खतरा आयो भने पाकिस्तानी सेनाले मात्र नभई यहाँका जनताले पनि साउदी अरबको रक्षा गर्नेछन्’, भनेका थिए ।

  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार ९:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया