logo-img

शीर्ष स्थानमा फर्कियो आर्सनल

उल्भ्सलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो । प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको हो ।

उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक/एक गोल गरे । खेलको ४५औं मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए । 

९० मिनेटपछिको इन्जुरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए । गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औं स्थानमा उक्लिएको छ । 

यस्तै १९औं स्थानको बर्नलेले २०औं स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो । प्रिमियर लिगअन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।
 





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ८:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया