logo-img

सुदूरपश्चिमकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले रिट दर्ता गराएका हुन्।

एकीकृत समाजवादीका नेता सोडारीलाई प्रदेश प्रमुख तिलक परियारले एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा  मुख्यमन्त्री नियुक्त गरेका थिए।

रिटमा चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्तिका सबै प्रक्रिया रोकी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्। आफूले सरकार गठनलाई आवश्यक बहुमत सदस्यको दस्तखतसहित दाबी पेस गरे पनि प्रदेश प्रमुखले संवैधानिक कर्तव्यबाट च्युत भई आफूलाई मुख्यमन्त्री बन्न वन्चित गरेको निवेदकको दाबी छ।

रिटमा भनिएकाे छ, ‘नागरिक उन्मुक्ति पार्टीका दुईजना माननीय प्रदेश सभा सदस्यबाट दाबी पेस हुन आएको सन्दर्भमा दुवै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको भनी गोलमटोल भाषामा तथ्यलाई तोडमोड गरी संवैधानिक कर्तव्यको अपालन र उल्लंघन गरी नयाँ गठबन्धनको लागि समय र स्थान उपलब्ध गराउने विपक्षीहरुको क्रियाकलाप बदनियतपूर्ण रहेबाट बदरयोग्य रहेको छ ।’





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १७:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया