logo-img

युनाइटेड एफए कपको फाइनलमा, उपाधिको लागि सिटीसँग भिड्ने

म्यानचेस्टर युनाइटेडले एफए कपको फाइनलमा स्थान बनाएको छ । दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले फाइनलमा स्थान बनाएको हो । 

निर्धारित समय र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ३ गोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेडले अन्त्यमा जित निकाल्दै लगातार दोस्रोपटक एफए कपको फाइनलको यात्रा गरेको हो ।

युनाइटेडले अब फाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटीले शनिबार पहिलो सेमिफाइनलमा चेल्सीलाई १–० गोल अन्तरले हराएको थियो । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ६:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया