logo-img

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको जित, उपाधि होड रोचक

इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनलले जित निकालेका छन् । उपाधिको होडमा रहेका दुवै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । 

फुलहमको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्‍याए । 

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए ।

अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले हरायो । लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दा आर्सनल विजयी भयो ।
 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ७:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया