logo-img

आइजिपी कुँवर फ्रान्स प्रस्थान

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखका रूपमा सो सम्मेलनमा सहभागी हुनेछन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाललगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित बिदाइ गरे । 

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सलेसन संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरू अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । 

सोक्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिसँगको द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंहसमेत सहभागी हुँदैछन् । 

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ८:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया