logo-img

क्रान्ति र परिवर्तनका पक्षधरहरू एक ठाउँ हुनै पर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठूला ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गरेका छन् ।

नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एउटा दल विशेष वा नेताको मात्रै योगदानले परिवर्तन सम्भव नभएकाले सामूहिक समझदारी र एकता आजको आवश्यकता भएको बताए ।

‘हामी आपसमा एकताबद्ध नहुँदा, समझदारीका साथ अगाडि बढ्न नसक्दा ३० वर्षसम्म निरङ्कुश पञ्चायती, तानाशाही शासन सहनुपर्‍यो । हामी सबैले यो ऐतिहासिक तथ्यलाई गहिरोसाथ आत्मसाथ गर्नपर्छ । त्यसैले सामूहिक समझदारी र एकताको बलमा नै संघीय लोकतान्त्रिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्छौँ,’ उनले भने ।

प्रत्येक ठूला क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रान्ति र परिवर्तनका पक्षधरहरू अझै एकताबद्ध हुनुपर्ने बताए । 

उनले जे जति उपलब्धि हासिल भएका छन् त्यो एकताको बलमा प्राप्त भएको उल्लेख गरेका उनले भने,‘जति बेला हाम्रो एकता टुट्छ, हामी कमजोर भएका छौँ । आजको विशेष दिनमा राजनीतिक दलहरूको बीचमा सहमतिको एउटा नयाँ यात्रा सुरु गर्ने दिन बनोस् । हामी एकजुट हुँदा देशमा उत्सवको अवस्था बनेको थियो तर हामी विभाजित भयौँ हामीलाई तीतो महसुस भयो ।’





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १५:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया