logo-img

मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएपछि...

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक व्यक्तिको मलद्वारमा  अड्किएको कीटनाशक औषधिको बोतल निकालेको छ । गोरखाका एक पुरुषको मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालिएको हो । 

एक महिना अघिदेखि गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो। 

गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका ती व्यक्तिको एक्स–रे गर्दा मलद्वारमा बोतल देखिएको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्ध भएर त्यसको संक्रमण शरीरमा फैलिँदै गएको अवस्थामा आइतबार बिहान उनको शल्यक्रिया गरिएको हो।

अस्पतालका सर्जन डा. जितेन्द्रकुमार सिंह र डा. विश्वराज खड्कासहित एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारीलगायतको समूहले करिब तीन घण्टा लगाएर शल्यक्रिया गरेको थियो । 

शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको थियो। ती व्यक्तिको अहिले पनि सघन उपचार कक्षमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १८:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया