logo-img

आइक्यानको निर्वाचनमा अडानको तर्फबाट चार जनाको उम्मेदवारी घोषणा

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को निर्वाचनमा नेपाल अडिटर्स एसोसिएसन अडानको तर्फबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्नेमा तृतीय उपाध्यक्ष झलकमणि लम्साल, उपाध्यक्ष प्रदीपकुमार यादव, उपमहासचिवद्वय भरतकुमार श्रेष्ठ र हरिबहादुर कार्की रहेका छन् । 

आइक्यानको दसौँ परिषदको निर्वाचन आगामी २५ जेठमा हुनेछ । निर्वाचनमा उपत्यका बाहिर छिट्टै हुलाकबाट मतपत्र पठाइने कार्यक्रम रहेको अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डोलप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा २५ जेठमा मतदान कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ११:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया