logo-img

दिलीप रायमाझीकी छाेरी दिव्याकाे डेब्यु फिल्म ‘एक्टर’को शुभसाइत सम्पन्न

आज बिहान ललितपुरको भैँसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो ।

शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्वय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देवलगायत उपस्थित थिए ।

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी थिए । वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दै छन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।



फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १८:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया