logo-img

सहसचिवमा १३ जना नियुक्त गर्न लोकसेवाको सिफारिस (सूचीसहित)

लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । 

न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् । 

जसअनुसार न्याय सेवामा दीपक भण्डारी र दीपशिखा मुनाकमी, परराष्ट्र सेवामा ज्ञानबहादुर मगर, लेखा परीक्षण सेवामा राजेन्द्र प्रसाद ओझा सिफारिस भएका छन् । 

यस्तै प्रशासन सेवामा विनोद कुमार खड्का, राजन पौडेल, पुरुषेत्तम शर्मा, कृष्ण प्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएको आयोगले बुधबार सूचनामार्फत जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार २२:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया