logo-img

आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? [सूचीसहित]
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । 

बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा पुगेको छ । बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ २० पैसा पुगेको छ । हिजोको तुलनामा आज युरोको भाउ बढेको छ । बुधबार पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ६८ पैसा रहेको थियो ।  

बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेकामा आज रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

आजको विदेशी मुद्राको विनिमय दर :





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ७:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया