logo-img

वेस्ट इण्डिज ‘ए’ सँगको सिरिजका लागि नेपालको टिम घोषणा
फाइल तस्बिर

वेस्ट इण्डिज ‘ए’ सँगको टी–२० सिरिजका लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

टिममा आरिफ शेख र आकाश चन्द फर्किएका छन् । उनीहरूलाई ओमानमा सम्पन्न एसिसी प्रिमियर कपका लागि टिममा राखिएको थिएन । मुख्य प्रशिक्षक मोन्टी देसाईले हालै आयरल्याण्ड ‘ए’ सँगको एकदिवसीय र टी–२० श्रृंखलामा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर कमल सिंह ऐरीलाई भने यसपटक पनि सिनियर टोलीमा राखेनन् । 

नेपाली टिम आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग खेल्न लागेको हो । यी दुई टिमबीचको सिरिज आउँदो शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

टी–२० सिरिजका लागि नेपालको टिम : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, विवेककुमार यादव, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा र आकाश चन्द ।    
 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ११:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया