logo-img

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा  रह्यो ।

१३ मध्ये फाइनान्स, जीवन बिमा, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार बढे पनि आठ उपसमूह घटेका छन् । ३.१३ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरी भए पनि परिसूचक र कारोबारमा अन्य उपसमूहका कम्पनीहरूको सेयरमूल्य घटेको असर परेको देखिएको छ । 

६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो । सरकार लगानी सम्मेलनको तयारीमा रहेका बेला बजारमा सेयर लगानीकर्ता भने निराश रहेको संकेत कारोबारले गरेको छ । 

आज १४९ कम्पनीको सेयरमूल्य घटेको छ । ८८ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । पोखरा फाइनान्स सेयरमूल्यको बढोत्तरी र कारोबार रकममा अगाडि बढेको छ । 

सेयरमूल्य ७.८९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयरमूल्य प्रति कित्ता ६ सय १० रुपैयाँ पुगेको छ । 

यस्तै सेयरमूल्य सर्किटस्तरमा बढेको मल्टिपर्पोज फाइनान्सको ९ करोड ४० लाखको सेयर किनबेच भएको छ । 
 
यस्तै, पिपुल्स पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ ।



आज सेयरमूल्य घटेका कम्पनीमध्ये शीर्ष ५ मा सबैको लघुवित्त, माईखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त छन् ।
 



  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १६:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया