logo-img

राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको  थियो ।

आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अंकले आफ्नो पक्षमा पार्यो । त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अंकले जित्यो । खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अंकले जित्यो । जितसँगै एपिएफ क्लबले पाँच अंक जोडेएको छ । 

प्रतियोगिताको विजेताले चार लाख ९९ हजार, दोस्रो हुने टोलीले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार पुरस्कार प्राप्त गर्नेछ । 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १८:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया