logo-img

पटनाको एक होटलमा आगलागी : ६ जनाको मृत्यु, कैयाैँ घाइते

भारत, पटनाको एक रेलवे स्टेसननजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित छजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पटना रेलवे जंक्सननजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए । 

अहिले उद्धारकार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले जानकारी दिएका छन् । मृतकमा तीनजना महिला पनि छन् । साथै, आगोले जलेर गम्भीर घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

मृतक र गम्भीर घाइतेको परिचय खोज्ने प्रयास भइरहेको र उनीहरुका परिवारलाई जानकारी गराउन प्रहरीले प्रयास गरिरहेको बताइएको छ । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लगाउन नसकिएको र फरेन्सिक विशेषज्ञहरू बोलाइएका छन् । 

यसैबीच, जिल्ला मजिस्ट्रेट शिरसट कपिल अशोकले सबै होटेल र अन्य व्यावसायिक प्रतिष्ठानहरूको फायर अडिट गर्न आदेश दिइएका छन् । विशेष गरी पटना जंक्सननजिकैको जस्तै भीडभाड भएको इलाकामा अवस्थित व्यवसायिक केन्द्रहरुमा अग्नि नियन्त्रणका लागि कुनै पूर्वतयारी भएन/भएको निरीक्षण गर्न उनले आदेश दिएका छन् ।
 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १८:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया