logo-img

एमाले नेता रायमाझीसहित सातजनालाई रिहा गर्न सर्वोच्चले गर्याे अस्वीकार

सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सातजनालाई रिहा गर्न अस्वीकार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी हाल पुर्पक्षका लागि थुनामा छन् । 

रायमाझीसँगै तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका थुनामा रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए । जिल्ला अदालत र उच्च अदालतकाे आदेशविरुद्ध उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

बिहीबार सर्वोच्च अदालतले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले यस्ताे आदेश गरेकाे हाे । 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १९:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया