logo-img

नेपाल र चीनबीच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर

अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबिच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरूबिच भएको उक्त भेटवार्तामा नेपाल र चीनबीच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर भएको छ ।

चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रसारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताइएको छ । 

भेटवार्तामा अर्थमन्त्री पुनले नेपालमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा चीन सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आएकोमा खुसी व्यक्त गरे । उनले चीनसँगको विचारको आदानप्रदान गर्न पाउँदा खुसी व्यक्त गरे ।

उनले भने,‘नेपालमा हुन लागेको सम्मेलनमा चीन सरकारको तर्फबाट यहाँको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । यहाँहरू धन्यवाद व्यक्त गर्न चाहन्छु । नेपाल र चीन बीचको दुई पक्षीय सम्बन्ध र सहयोगको विषयमा यसअघि कुरा गरिसकेका छौँ । यहाँहरूसँग विचारको आदान प्रदान गर्न पाउँदा खुसी व्यक्त गर्न चाहन्छु ।’

उनले विभिन्न प्रयास र सुधारका बाबजुद पनि हाम्रा आयोजनाहरू समयमा सम्पन्न हुन नसकेको भन्दै चीन सरकारको लगानी र सहायता आगामी दिनमा थप हुने र स्वीकृत आयोजनाको कार्यान्वयन पनि छिटो हुने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १२:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया