logo-img

गृहमन्त्री लामिछानेको निर्देशन- अग्नि पीडितलाई तत्काल राहत र उद्धारको व्यवस्था मिलाउनू

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा अग्नि पीडितलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने बाढीपहिरोको सम्भावित जोखिमको आकलन अभियानअन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगतरूपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न आग्रह गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्धारको लागि निर्देशन दिएका हुन् ।

‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, सञ्चारमाध्यममार्फत हाम्रो कमजोरीहरू छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ । यो चाहिँ हुँदैन । मैले रोकेको छु भने मलाई अहिले भन्नुहोस् । सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस् । कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्धारको लागि काम गरिहाल्नुहोस्,’ गृहमन्त्री लामिछानेले भने ।

कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनि वन डढेलो तथा आगलागी हुने गरेको उनको भनाइ छ । केही दिनयता देशका धेरै स्थानमा आगलागी भइरहेको घटना बाहिर आइरहेका छन् । केही स्थानमा वनको डढेलो गाउँ पसेपछि वस्ती नै सखाप भएका छन् । 
 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १५:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया