logo-img

सहकारी पीडितलाई गृहमन्त्रीको जवाफ : सञ्चालकको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकले आफन्तको नाममा राखेको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

‘सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरूको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु भनेर जोगिन्छु भनेर सोचिरहेको होलान् । आफन्त, गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने समय सरकारसँग छ । गृह मन्त्रालयसँग पनि छ । सम्पत्ति शुद्धीकरण विभागसँग पनि छ । तर, इच्छा शक्ति हुनुपर्‍यो,’ गृहमन्त्री लामिछानेले भने ।

उनले मन्त्रालयको प्राथमिकतामा साना बचतकर्ता रहेको उल्लेख गर्दै तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजाने र चाँडै समस्या समाधान गर्ने बताए ।



गृहमन्त्री लामिछानेले फास्ट ट्रयाकबाट सहकारीको समस्या समाधान गर्ने निर्णय नै गरिसकेको भन्दै फास्ट ट्रयाकबाट सम्पत्ति रोक्का गरी बिक्रीवितरण गर्ने न्यायिक अधिकार कानुनीरूपमा लिने पनि बताए ।  



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १६:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया