logo-img

चीन र अमेरिका प्रतिद्वन्द्वी नभइ साझेदार हुनुपर्छ : राष्ट्रपति सी
फाइल तस्बिर

चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभइ साझेदार’ हुनुपर्ने बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने पनि बताए । 

एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीतिज्ञसँग भेट गरे । सो भेटमा अमेरिकी अधिकारीले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताए । 

सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए । 

‘दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन’, उनले भने, ‘अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ । यसअघि भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिङ्केनले रुसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गरेपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘ह्रासोन्मुख’ हुने चेतावनी दिए । उनले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिए । 

ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घण्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताए । उनले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारसँग कुराकानी गर्नेछन् ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १७:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया