logo-img

पाकिस्तान र इरानबाट चार दिनमा ६ हजार अफगानी शरणार्थी फर्किए स्वदेश

छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा ५ हजार ९ सय ४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ ।

शरणार्थी पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।

अफगान अधिकारीका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा ५ लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।

अफगानी सरकारी तथ्यांक अनुसार २५ लाखभन्दा बढी अफगानी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्ति नै सङ्ख्यामा इरानमा रहेका छन् । 

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १७:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया