logo-img

२६ वर्षपछि मानवबेचबिखन मुद्दाका दोषी पक्राउ
फाइल तस्बिर

मानवबेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई वि.सं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो । 

उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १८:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया