logo-img

एसिसी प्रिमियर कपको हारले निराश छौँ, वेस्ट इण्डिज ‘ए’ सँग बेस्ट दिन्छौँ : रोहित पौडेल

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इण्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रोहितले एसिसी प्रिमियर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेको भए पनि वेस्ट इण्डिजसँगको श्रृंखलाका लागि तयार रहेको बताए । 

‘एसिसी प्रिमियर कपमा सुरुदेखि नै एकदम राम्रो भइरहेको थियो ।  समूह चरणमै धेरै कुरा हामीले पाइसकेका थियौं । पहिलो चार वटा खेलहरूमा हामी सबैको राम्रो देखिरहेको थियो । सेमिफाइनल हारेपछि चाहिँ अलि निराश भयौँ । तर, हामी बलियो भएर तेस्रो स्थानका लागि सबै जना तयार थियौं । बट दुईवटा गेम हारियो । त्यो निराशा लिएर बस्नुभन्दा आउने टुर्नामेन्टका लागि हामी तयार छौं वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौँ । बेस्ट दिन रेडी छौँ,’ रोहितले भने । 

पछिल्लो एक वर्षसम्म टोलीले राम्रो प्रदर्शन गरिरहेको भए पनि एसिसी प्रिमियर कपमा त्यो गति समात्न नसकेको उनको भनाइ छ । आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच शनिबारदेखि पाँच खेलको श्रृंखला हुन लागेको हो । शृंखलामा सहभागी हुने वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौं आइपुगेको छ । 

वेस्ट इण्डिजको टोलीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेको थियो । यी दुई टोलीबीचको पहिलो खेल शनिबार हुने तालिका छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २१:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया