logo-img

४४ दिनमा सकियो ‘द्रौपदी’ को सुटिङ

नेपाली चलचित्र ‘द्रौपदी’ छायाङ्कन ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनै, कालिका मन्दिरमा मुर्हत गरी छायाङ्कन थालिएको फिल्मको शुक्रबार शे फोक्सुन्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो । 

करिच चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको फिल्ममा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । 

ऋषिराज आचार्यको निर्देशन रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजय आचार्यको कला निर्देशन र अनिल महर्जनको सम्पादन छ । फिल्मको निर्मातामा निर्देशक आचार्य, विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता छन् ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट निर्देशक आचार्यले नै लेखेका हुन् । 
 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २२:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया