logo-img

गाजा युद्धविरामका लागि मध्यस्थकर्ताको टोली इजरायल प्रस्थान

मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान लागेको इजरायली सरकारनिकट एक स्रोतले एएफपीलाई जानकारी गराएको छ । 

यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो । 

इजरायली सेनाले शुक्रबार उक्त सीमा नजिकै क्षेप्यास्त्र प्रहार गर्दा एक इजरायली नागरिकको मृत्यु भएको जनाएको छ । हमासका एक अधिकारीले एएफपीलाई बताएअनुसार गाजाको अधिकांश जनसङ्ख्या आश्रय रहेको रफाहमा कुनै पनि प्रकारको आक्रमणले वार्तालाई खतरामा पार्नेछ ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर यो मध्यस्थता प्रयासले नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिएपछि अहिलेसम्म कुनै सफलता प्राप्त गर्नसकेको छैन । 

त्यस युद्धविरामले इजरायली जेलमा रहेका २४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो । त्यसयता गाजामा प्यालेस्टिनी नागरिकमाथि युद्धका कारण भएको क्षतिको विश्वव्यापी आलोचना बढेको छ र त्यहाँका लडाकूले आफ्ना बन्दीहरूलाई रिहा गर्नुपर्ने आवाज उठिरहेको छ ।

७ अक्टोबरमा हमासको अकल्पनीय आक्रमणपछि युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब १ हजार १७० व्यक्तिको मृत्यु भएको एएफपीले इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २३:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया