logo-img

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदै छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १२ : १५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज हुन लागेको हो । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज हुनेछ भने सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल। 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार ७:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया