logo-img

लगानी सम्मेलनको पूर्व सन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो । 

आन्दोलनमा सहभागीहरूले ‘हामी लगानीकर्ता हौँ, भिखारी होइनौँ’,‘मौलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा पुँजी बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । स्वदेशी लगानीकर्ताले उठाएका मागहरू तत्काल सुनुवाइ गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ । 

उनले भने,‘सरकारको करौडौं बजेट खर्च गरेर नाटक नगरेको राम्रो । पहिले काम गर्नुपर्छ । वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौँ । लगानी सम्मेलन तीन चार वटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन । त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरू तत्काल सुनुवाइ होस् । एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौँ । नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौँ । देशलाई धनी बनाउँछौँ ।’ 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १५:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया