logo-img

इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता

इलाम २ उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन् । १५४१ मत फाकफोकथुम १ नम्बर मतगणना हुँदा कांग्रेसले सुरुवाती अग्रता लिएको हो । खड्काले उमेदवारले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार  सुहाङ नेम्वाङ रहेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा केही समय अघिबाट मतगणना सुरू भएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै रास्वपाका उमेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन् ।

 प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १५:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया