logo-img

इलाममा कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता कायमै छ । नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले उनीबीचको मतान्तर घटाउँदै छन् । 

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको ४ हजार १८१ मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६४३  मत पाएका छन् भने एमालेका नेम्वाङले १ हजार ६०१ मत पाएका छन् । 

नेम्वाङ र खड्काबीचको मतान्तर ४२ मत रहेको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् । मत गणना जारी छ ।  





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १७:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया