logo-img

सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त, आज पनि भएन सुनुवाइ

फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो ।
  
जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दी फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् । सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुनेछ ।
 
जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ । जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आइसीसीमा बुझाउनु पर्ने समयसीमा छ ।  





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १९:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया