logo-img

बझाङ उपनिर्वाचन : कांग्रेसका सिंहसँग मतान्तर घटाउँदै एमालेका भण्डारी

बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले अहिलेसम्म ९ हजार १६७ मत ल्याएका छन् । 

सिंहलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेटअनुसार एमालेका भण्डारीले मतान्तर घटाएका छन् । अहिले उनीहरूबीचको मतान्तर ८४ मत रहेको छ । 

यस्तै, माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले अहिलेसम्म ३ हजार ५३५ र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४२७ मत ल्याएका छन् । 

५० वडा रहेको बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अहिलेसम्म ३८ वटा वडाको मत गणना गरिसकिएको छ । २०७९ को निर्वाचनमा बझाङ–१ (१) मा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस पृथ्वीबहादुर सिंह विजयी भएका थिए । 
 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १०:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया