logo-img

बझाङमा एमाले - कांग्रेसबीच कडा प्रतिस्पर्धा

बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार बझाङमा नेकपा एमालेले अग्रता लिइरहेको छ । 

सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएका थिए । तर, मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए ।

मतगणनाको अन्तिमतिर आउनै लाग्दा भने फेरि एमालेले अग्रता लिएको छ ।

ताजा मत परिणाम अनुसार एमालेका भण्डारीले ११ हजार १०२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले १० हजार ७६१ मत पाएका छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया