logo-img

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी सुदूरपश्चिम प्रदेश सभामा विजयी भएका हुन् । 

भण्डारीले जम्मा ११ हजार ६१२ मत प्राप्त गरे । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । भण्डारी सिंहभन्दा २६६ बढी मतले विजयी भएका हुन् । 

माओवादीका जनक बुढाले ३ हजार ९६७ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत ल्याएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।  





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १३:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया