logo-img

दिल्लीविरुद्ध कोलकाताको सहज जित, प्लेअफ सम्भावना बलियो

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा कोलकाता नाइट राइडर्सले छैटौँ जित निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई सात विकेटले हराउँदै कोलकाताले छैटौँ जित निकालेको हो ।  

आफ्नो नवौँ खेलमा दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर फिल साल्टले अर्धशतकीय पारी खेले । 

३३ बलको सामना गरेका साल्टले सात चौका र पाँच छक्कासहित ६८ रन बनाए । यस्तै, अविजित रहेका कप्तान श्रेयस अय्यरले ३३ र वैंकटेश अय्यरले २६ रनको योगदान दिए । सुनिल नारायण १५ र रिंकु सिंह ११ रनमा आउट भए ।   

दिल्लीका लागि अक्षर पटेलले दुई र लिजाड विलियम्सले एक विकेट लिए । त्यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनायो । 

उसका लागि कुलदीप यादवले अविजित ३५, कप्तान ऋषभ पन्तले २७, अभिषेक पोरेलले १८, अक्षर पटेलले १८, पृथ्वी शाले १३ र ज्याक फ्रेजर म्याकमुर्गले १२ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले तीन, हर्षित राना र वैभव अरोराले दुई/दुई तथा मिचेल स्टार्क र सुनिल नारायणले एक/एक विकेट लिए । 

यो जितपछि कोलकाताको प्लेअफ सम्भावना बलियो बनेको छ । उसले ९ खेल खेल्दा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कोलकाताले अहिलेसम्म ६ मा जित र चार खेलमा हार बेहोरेको छ । 



कोलकातासँगको हारले छैटौँ स्थानमा रहेको दिल्लीको प्लेअफ सम्भावना केही कठिन बनेको छ । उसले ११ खेल खेल्दा ६ मा हार तथा ५ खेलमा जित निकालेको छ । प्लेअफमा स्थान बनाउन दिल्लीले अब बाँकी तीन खेलमै राम्रो नेट रनेरटका साथ जित निकाल्नुपर्ने समीकरण बनेको छ ।  



  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार ७:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया