logo-img

त्रिवि उपकुलपतिको दाबी : अब सबै नियुक्ति प्रतिस्पर्धाका आधारमा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डिन, सहायक डिन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधारमा नभई प्रतिस्पर्धाबाट मापदण्डअनुसार नै नियुक्त गर्ने बताएका छन् । 

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । सोही कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बरालले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई मात्र डिन, सहायक डिन तथा क्याम्पस प्रमुखमा नियुक्त गर्ने विश्वास दिलाए ।
 
उनले भने, ‘सुरुदेखि नै पदाधिकरीहरू दलीय भागबण्डाको आधारमा नभईकन प्रणालीगत रुपमा नियुक्त हुन्छ भन्ने विषय मैले आफ्नो त्रिवि सुधार योजनामै उल्लेख गरेको छु । त्यसको लागि मापदण्ड निर्धारण गर्न योजना आयोगको पूर्वसदस्यको अध्यक्षतामा समिति गठन गरिसकेका छौँ । हामी तीनजना नै मापदण्डअनुसार अबका पदाधिकारी नियुक्त गर्न प्रतिबद्ध छौँ, मापदण्डअनुसार नै नियुक्ति हुन्छ ।’

विकराल समस्याका रुपमा रहेको राजनीतिक नियुक्ति र गोलचक्करबाट विश्वविद्यालयलाई टाढा राखी सुधार गर्ने योजनामा रहेका उपकुलपति बरालले पदाधिकारी नियुक्ति मापदण्ड बन्ने प्रक्रियामा रहेकाले हाल कामचलाउ पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै मापदण्ड बनेपछि पूर्ण कार्यान्वयन गर्नेमा जोड दिए । 

उनले भने, ‘हाल मापदण्ड तयार भइनसकेको हुनाले हामीले खाली भएका स्थानमा कामचलाउ पदाधिकारीको नियुक्त दिइराखेका छौँ । मापदण्ड निर्धारणपछि त्यसको आधारमा पूर्ण कार्यान्वयन गर्ने गरी पदाधिकारी नियुक्ति प्रणालीको सुरु गर्छौं ।’





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १८:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया