logo-img

पिएसजीलाई हराउँदै डर्टमन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

ऊ समग्रमा २–० को नतिजाका साथ फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको दोस्रो लेगमा डर्टमन्डले पिएसजीलाई १–० ले हरायो । उसले पहिलो लेगमा पनि पिएसजीलाई १–० ले नै हराएको थियो । 

डर्टमन्डको जितमा माट्स हुमेल्सले निर्णायक गोल गरे । च्याम्पियन्स लिगमा उनको यो पाचौं गोल हो । हुमेल्सले गोलको सहयोगमा डर्टमन्डले सन् २०१३ पछि फाइनलमा स्थान बनायो ।

उसले अब उपाधिका लागि फाइनलमा रियल मड्रिड र बायर्न म्युनिखबीचको विजेताको सामना गर्नेछ । यी दुई टोलीबीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

रियल र म्युनिखबीचको दोस्रो लेग बिहीबार हुनेछ । ​केलियन एम्बाप्पेको साथ पाएको पिएसजीले भने फेरि च्याम्पियन्स लिग उपाधि जित्ने अवसर गुमायो ।  





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार ७:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया