logo-img

झापामा घरभित्रै वृद्धा मृत फेला, हत्याको आशंका

झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका टोलमा एकजना वृद्धा महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए । 

छिमेकी भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आ–आफ्नो घरतिर लागेका थिए । छिमेकी गइसकेपछि मृतक पनि घरभित्र सुतेको स्थानीयले बताए ।

बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीय आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतकको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनको हत्या भएको आशंका गरिएको छ ।

उनको छोरा इन्द्र अमेरिका र प्रकाश काठमाडौँमा रहेकाले घरमा मृतक एक्लै बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धानका लागि घटनास्थल सुरक्षित राखी धरानबाट कुकुर बोलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १४:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया