logo-img

गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमानदार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् । 

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमानदार हुने र पार्टी संगठन पनि थप गतिशिल बताए । कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व हुने बताए । उनले भने, ‘यसका लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ ।’

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । 

अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १९:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया