logo-img

मातातीर्थ औँशी : आमा-हजुरआमाबारे पुस्तक लेख्ने १० लेखक सम्मानित

मातातीर्थ औँशीको अवसरमा लेखन कुञ्ज, घोस्ट राइटिङ नेपालले कुञ्ज थिएटरमा ‘मातातीर्थ औँशी विशेष कार्यक्रम–२०८१’ आयोजना गरेको छ । सो कार्यक्रममार्फत लेखन कुञ्जले आफ्नै प्रकाशन गृहबाट प्रकाशित भएका आमा–हजुरआमाको पुस्तक लेख्ने लेखकहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा डम्बरकुमारी तिम्सिना, प्रा. राधादेवी शर्मा चालिसे, निर्मला बराल, जमुना खत्री, सुष्मा खत्री रन्जित, गंगा खड्का, लीलामाया ढकाल, शान्ता पोखरेल अर्याल, हीरादेवी तण्डुकार र रामप्रसाद कोइरालालाई सम्मान गरिएको थियो ।

सम्मानित लेखक रामप्रसाद कोइरालाद्वारा लिखित तथा लेखन कुञ्जद्वारा प्रकाशित ‘मेरी उनी र म’ पुस्तकमा आधारित नाटक पनि मञ्चन गरिएको थियो ।

कार्यक्रममा लेखन कुञ्जका अध्यक्षले भनेका छन्, ‘आमाले हामीलाई सिर्जना गर्नुभयो । हामीले आमाका दुःख, पीडा, आँसु, हाँसो, रोदन कदापि बिर्सन सक्दैनौँ । आमाको दूधको भारा तिर्न हामी के गरिरहेका छौँ त ? आमाका कथा–व्यथा समेटिएका पुस्तक लेखेर हामी आमालाई उपहार दिन सक्छौँ ।’
उनले सबैलाई मातातीर्थ औँशीको शुभकामनासमेत व्यक्त गरेका छन् ।




 



  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार २०:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया